धनुषामा गोली चल्यो, एक जना घाइते

धनुषामा गोली चल्यो, एक जना घाइते

करीब १०/१२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा  धनुषा मिथिला नगरपालिका-८ जमुनिवास चोक बस्ने ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।

गएराति उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी घाइते बनाएर मंगलसुत्र र ब्रासलेट गरी साढे ६ तोला सुन, १५ तोला चाँदी र  नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको बताइएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.