एपीएफले गर्‍यो एएसबीका अधिकारीहरुलाई तालिम दिने प्रस्ताव

एपीएफले गर्‍यो एएसबीका अधिकारीहरुलाई तालिम दिने प्रस्ताव

भारतीय अर्ध सैनिक बल सशस्त्र सीमा बल एसएसबीका अधिकारीलाई उच्च तहको तालिम दिन नेपालले प्रस्ताव गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले एसएसबीका अधिकारीहरुलाई स्टाफ कलेज तालिम दिन प्रस्ताव गरेको हो।

भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न ‘थर्ड कोअर्डीनेशन मिटिङ’मा महानिरीक्षक शैलेन्द्र खनालले समकक्षी एसएसबीका महानिर्देशक रजनीकान्त मिश्रालाई औपचारिक प्रस्ताव गरेका हुन्।

यही साउन २२ गतेदेखि २५ गतेसम्म भएको सो ‘कोअर्डीनेशन मिटिङ’मा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक

शैलेन्द्र खनालले नेतृत्व गर्नुभएको थियो भने भारतको तर्फबाट सशस्त्र सीमा बलका महानिर्देशक रजनीकान्त मिश्रले नेतृत्व गर्नुभएको थियो ।

उक्त ‘कोअर्डीनेशन मिटिङ’मा सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल हुनुकासाथै कुनै समस्या आएमा एक आपसमा समन्वय गरी सुल्झाउने सहमती भएको छ । यसैगरी सीमा क्षेत्रका सूचनालाई आवश्यकता अनुसार एक आपसमा आदान–प्रदान गर्ने सम्बन्धमा समेत सहमती भएको छ ।

सीमा क्षेत्रमा दुवै पक्षको सहमती र समन्वयमा संयुक्त पट्रोल गर्ने, सीमा क्षेत्रमा आवत जावत हुने ठाउँमा दुवै पक्षको सहमतीमा जाँच गर्ने, चाडपर्वलाई ध्यानमा राखेर सीमाको दुवैतर्फ सहायता कक्ष राखेर आवत जावत गर्नेलाई सेवा प्रदान गर्ने निर्णय समेत सो मिटिङमा भएको छ ।

यसैगरी दुवै संगठनको नेतृत्व स्तरमा, क्षेत्रीय स्तरमा तथा जिल्ला स्तर र स्थानीय स्तरमा नियमित रुपमा समन्वय बैठक राख्ने, एक अर्काका कमाण्डरबीच नियमित सम्पर्क समन्वय गर्ने, दुवै देशले सीमा क्षेत्रमा प्रभावकारी सीमा व्यवस्थापनका लागि संयुक्त अभ्यास गर्ने, दुवै देशका तालिमे अधिकृतलाई एक अर्काको ‘ट्रेनिङ एकेडेमी’को अवलोकनको अवसर प्रदान गर्ने लगायतका विविध विषयहरुमा समेत सहमती भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.