बिष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ

बिष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ

संखुवासभा,  सभापोखरी गाउँपालिका-३ बाह्रबिसे बस्ने ३३ वर्षीय बिक्रम घलेलाई बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ (सोडा) ५० के.जी. सहित प्रहरीले पक्राउ गरेको छ ।

चैनपुर नगरपालिका-११ स्थित अस्थायी प्रहरी पोष्ट सभाखोलाले उनी सवार को.१ च ३२६८ नम्बरको बोलेरो गाडीलाई शुक्रबार चेक गर्दा गाडीको डिकी भित्र २ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त कच्चा पदार्थ  (सोडा) बरामद भएको    थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.