आइसीटी डिजिटल गभर्नेन्स अवार्डबाट नेपाल प्रहरी सम्मानित

आइसीटी डिजिटल गभर्नेन्स अवार्डबाट नेपाल प्रहरी सम्मानित

आइसीटी अवार्ड २०१८ मा आइसीटी डिजिटल गभर्नेन्स अवार्डबाट नेपाल प्रहरी सम्मानित भएको छ ।

कूल ७ विधामा पुरस्कार वितरण गरिएको यो प्रतियोगितामा नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधीको प्रयोगमार्फत् प्रभावकारी रुपमा बनाएकोमा नेपाल प्रहरीलाई यो अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमका अवसरमा सूचना तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अवार्ड हस्तान्तरण गर्नुभएको हो ।

सम्मान् ग्रहण गर्दै महानिरिक्षक खनालले सर्वसाधारणलाई दिइने सेवालाई अझ सहज र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताए । उनले भने, सूचना प्रविधीको प्रयोगबाट कागजरहित कार्यालय बनाउने सरकारको उद्देश्यलाई प्रहरी संगठनले पनि आत्मसाथ गरेको छ ।

गत बैशाखदेखि नेपाल प्रहरीले अनलाईन आवेदनबाटै चरित्र प्रमाणीकरणका लागी निवेदन दिन सकिने र प्रहरीबाट चरित्र प्रमाण पत्र लिन सकिने व्यवस्था समेत मिलाएको छ ।

नेपाल प्रहरीले अपराध, जनशक्तिलगायतसँग सम्बन्धित तथ्यांक भण्डार बनाउनुका साथै सामाजिक संजाल फेसबुक, ट्वीटरको माध्यमबाट समेत सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै अपराध नियन्त्रणमा सफलता पाएको छ ।

यसैगरी आइसीटी प्रोडक्ट अवार्ड आइ सल्युशन लाईफले प्राप्त गरेको छ । आइ सल्युशन लाईफ जीवन बीमा कम्पनीहरुका लागी चाहिने सफ्टवेयर निर्माता कम्पनी हो । जीवन बीमा क्षेत्रमा सूचना प्रविधीमा एक दशक लामो अनुभवलाई प्रयोग गर्दै दर्शनटेकका प्रबन्ध निर्देशक किशोर दाहालले आइ सल्युशन लाईफ सफ्टवेयरको विकास गरेका हुन् ।

आइसीटी एन्टरप्रेन्युअर अवार्ड अनलाईन पे गेटवे ईसेवा संचालक कम्पनी एफवन सफ्टले हात पारेको छ । आइसीटी स्टार्ट अफ विधामा पिपल डेभलपमेन्ट ल्याब, जुरी मेन्शन अवार्डबाट सारथी मोबाइल एप्स, आइसीटी पायनियर अवार्डबाट मर्कन्टाईल नेपालका संस्थापक संजीव राजभण्डारी, आइसीटी डायस्पोरा अवार्डबाट हिमाल कर्माचार्य, आइसीटी मिडिया पर्सन अवार्डबाट नागरिक दैनिकका सन्तोष न्यौपाने र नयाँ पत्रिका दैनिकका गोपाल साउद सम्मानित भएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.