‘प्रहरीलाई विश्वकै नमूना सङ्गठन बनाउन सकिन्छ’

‘प्रहरीलाई विश्वकै नमूना सङ्गठन बनाउन सकिन्छ’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर, ललितपुरको निरीक्षण गर्नुभएको छ।   साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभयो ।

सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खनालले प्रहरीको ब्यारेक, अन्य अतिआवश्यक भौतिक संरचना निर्माणको साथै प्रहरी कर्मचारीको वृत्तिविकासका लागि सङ्गठन तत्पर रहेको चर्चा गर्दै प्रहरी कर्मचारीले दृढ र लगनशील भएर जिम्मेवारी बोध गरी कार्य गर्नुपर्ने बताउनुभयो ।

प्रहरीको राम्रो कामलाई समाजले सम्मान गर्ने भएकोले सोही अनुरुप कार्य गर्नुपर्नेमा जोड दिँदै संगठनलाई विश्वकै नमूना सङ्गठन बनाउन सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो । गलत कार्य नगर्न निर्देशन दिँदै उहाँले खराब आचरणका कर्मचारी कारवाहीको भागीबार हुने बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.