अपहृत बालकको सकुशल उद्धार
कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।
अपहरणमा संलग्न कैलालीको गोदावरी नगरपालिका लालपुर गाउँका बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरणकारी चौधरीले बालककी आमा बिना चौधरीलाई घटनापछि गरेको फोनका आधारमा दाङ जिल्ला प्रहरी कार्यालयको सहयोगमा अपहरणकारीको खोजी गरी बालकको उद्धार गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । बालकलाई अपहरण गरी मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा अपहरणकारी चौधरी प्रहरीको फन्दामा परेका हुन् ।
–––
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...