विराटनगर महानगरपालिकामा बिस्फोट गराउने समूह पक्राउ

विराटनगर महानगरपालिकामा बिस्फोट गराउने समूह पक्राउ

प्रहरीले बम बिस्फोट गराएको आरोपमा जनतान्त्रिक मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुरपतारका अभिमन गिरी, मोरङ जहदाका मनोजकुमार सिंह र सिरहा सुखिपुरका रामरिझन यादव रहेका छन्।

मोरङ प्रहरीले साउन २७ गते कार्यालय समयमा विराटनगर महानगरपालिकाको कार्यालयमा बिस्फोट गराउने समूहलाई पक्राउ गरेको हो।

मोरङका एसपी मनोज केसीका अनुसार भूमिगत समुहले सर्वसाधारणलाई आतंकित बनाउन बिस्फोट गराएको बताए। उनले घटनाको अनुसन्धानमा संलग्नलाई पक्राउ गर्नुका साथै भूमिगत समूह उपर कडा निगरानी राखिएको बताए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.