क्यानडा र फ्रान्स पठाइदिने भन्दै पश्चिम अफ्रिकी मुलुक गिनी

क्यानडा र फ्रान्स पठाइदिने भन्दै पश्चिम अफ्रिकी मुलुक गिनी

मानव बेचबिखन तथा ओसारपसार गर्ने पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले विदेश पठाउने भनी मानव बेचविखन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले क्यानडा र फ्रान्स पठाइदिने भन्दै पश्चिम अफ्रिकी मुलुक गिनी पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गर्ने दाङका २७ वर्षीय प्रेरणालक्ष्मी मल्ल र दाङका २९ वर्षीय विराज यादवलाई भदौ १३ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले १४ जना पीडितले विदेशमा रोजगारीका लागि राम्रो भिसा मिलाइदिने भन्दै मानव बेचबिखन तथा ओसारपसार गर्न लागेको भन्ने निवेदन दिएको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उनीहरुले नेपाल भारतको विभिन्न नाका प्रयोग गरी भारतको नयाँदिल्ली हुँदै इथियोपिया हुँदै पश्चिम अफ्रिकी देश गिनीमा पु¥याएर ६ महिनादेखि एक वर्षसम्म बन्धक बनाएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । उनीहरुले पीडितसँग रु तीन करोडसमेत ठगी गरेका छन् ।

पक्राउ परेकालाई आज काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.