नुवाकोटमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु, एकको जिवितै उद्दार

नुवाकोटमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु, एकको जिवितै उद्दार

गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ ।

नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा,  चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकीको जिवितै उद्धार गरिएको छ।

–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.