खड्गबहादुर विश्वकर्मालाई आठ दिनको म्याद थप
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दाङको अदालतमा उपस्थित गराइएको छ । शुक्रबार बेलुका दाङ ल्याइएका विश्वकर्मालाई आज दिउँसो अदालतमा उपस्थित गराएर आठ दिनको म्याद थप गरिएको छ ।
यही भदौ २० देखि २७ गतेसम्म म्याद थप गरिएको अदालतका स्रेस्तेदार गम्भीर रानाले बताउनुभयो । थप गरिएको म्यादमध्ये अब तीन दिनमात्रै बाँकी छ । अदालत परिसरमै पत्रकारसँग सङ्क्षिप्त कुरा राख्दै विश्वकर्माले सरकारले राजनीतिक पूर्वाग्रह लिएर झुठो मुद्दाको खेती गरिरहेको बताउनुभयो ।
म्याद थपपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ । गत मङ्सिरमा तुलसीपुरमा भएको बम काण्डमा उहाँ मुछिएको आरोप छ ।
प्रदेश र सङ्घको निर्वाचनका क्रममा मङ्सिर १२ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सहभागी निर्वाचनसभालाई लक्षित गरी बम विष्फोट भएको थियो । सभास्थलबाट ५०० मिटरको दूरीमा भएको विष्फोटमा २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो ।
–––
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...