विद्यार्थीको अपहरणपछि हत्या,दुई जना पक्राउ

विद्यार्थीको अपहरणपछि हत्या,दुई जना पक्राउ

विद्यार्थीलाई अपहरण गरी हत्या गरेको आरोपमा बिराटनगर प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१७ का २० वर्षीय मोहम्मद सद्दीम हुसेन र सोही स्थानका २१ वर्षीय मोहम्मद आरिफ आलम रहेका छन । गौतमबुद्ध मेमोरियल विद्यालय रानीमा कक्षा १० मा अध्ययनरत विराटनगर–१७ का १७ वर्षीय मोहम्मद अस्फाकको अपहरण गरी हत्या गरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले अस्फाकलाई यही असोज १ गते साँझ ६ बजे विराटनगर–१५ स्थित भन्सार ढाटबाट मदीरा खुवाई विराटनगर–१८ स्थित बुधनगरको एकान्त स्थानमा लगेर ढुङ्गाले हानी हत्या गरिएको थियो ।

शवलाई असोज २ गते बिहान ३ वजे विराटनगर–१४ र १७ को सीमानामा पर्ने पैनीमा रहेको ह्यूम पाइपभित्र बोरोले छोपी व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.