ईन्धन बोक्ने ट्याङकर प्रयोग गरेर गाजाँ तस्करी

ईन्धन बोक्ने ट्याङकर प्रयोग गरेर गाजाँ तस्करी

प्रहरीले दिएको जानकारी जस्ताको त्यस्तै

मकवानपुर जिल्लामा लागू औषध गाँजाको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट प्रहरी अधिकृत सहितको टोली खटिई गई खोजतलास गर्ने क्रममा मिति २०७५।०६।१६ गते बिहान ०५:०० बजेको समयमा जिल्ला मकवानपुर मनहरी गाँउपालिका वडा नं. ७ रमनटार स्थित लोकमार्गमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं कोईन्धन बोक्ने ट्याङ्करलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्करमा रहेका ५ वटा चेम्बर मध्य २ वटा चेम्बरहरुमा प्लाष्टिकले  बाँधी २२ वटा पोका बनाई लुकाई छिपाई भारत तर्फ लैजान लागिएको तयारी लागू औषध गाँजा (चिप्‍पड) २९५ किलो सहित जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नं २२ अम्लेखगंज घर भएकाउक्त ट्याङकर चालक बर्ष ३८ को प्रल्हाद  ठकुरीलाई पक्राउ गरिएको छ   ।

बरामद गरिएको अवैध लागू औषध गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा  उत्पादन भई संकलन गरी भारत तर्फ ओसार-पसार हुन लागेको प्रारम्भिक अनुसन्धानको क्रममाखुल्न आएको छ ।

बरामद गरिएको लागू औषध गाँजाको अबैध बजार मुल्य अन्दाजी४५ लाख बराबर पर्न जाने बुझिएको छ । पक्राउ प्रतिवादी उपर जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट थप अनुसन्धानभैरहेको छ ।

 

पुनश्‍च:मिति २०७५।०१।०१ गते यस व्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर थाहा नगरपालीका वडा नं.११ ठेगाना भएका वर्ष २२ को सोम बहादुर थोकर र ऐ.जिल्ला कैलाश गाँउ पालिका वडा नं. २ ठेगाना भएका वर्ष ३६ को ईमान सिंह स्याङ्बोलाई ना.४ख. ५३६८ नं.को ईन्धन बोक्ने ट्यांकर भित्र जम्मा१६० किलो लागु औषध गाँजा (चिप्पड)सहित उक्त तेल ट्यांकर र २ जना मानिसहरुलाई पक्राउ गरिएको थियो ।

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.