बालाजुबाट पाँच किलो सुन बरामद

बालाजुबाट पाँच किलो सुन बरामद

काठमाडौंको बालाजुबाट पाँच किलो सुन प्रहरीले बरामद गरेको छ ।

सुनसहित एक जना पक्राउ परेका छन् । तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको काठमाडौं प्रहरी परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेको उनले बताए।

 

५ किलोसुनसहित १ जना पक्राउ

 

रसुवा केरुङ नाका हुदै काठमाण्डौ सुन तस्करी भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसरर काठमाडौवाट विशेष प्रहरी टोलि परिचालन गरि तिन पिप्ले वालाजुमा निगरानी तथा एम्वुस टोली खटाईएकोमा मिति २०७५-०६-१५ गते अन्दाजी १७:३० वजेको समयमा शंकालागी चेकजाँच गर्दा निजहरुको शरिरवाट ५ टुक्रा सुन फेला परेको हुदा निजलाईपक्राउ गरि महानगरीय प्रहरी परिसरवाट थप अनुसन्धान भईरहेको ।

 

पक्राउ व्यक्तिको विवरण :

  • जिल्ला रसुवा गोसाईकुण्ड थमान ९  घर भएका वर्ष १८ को सो वहादुर तामाङ्ग ।

 

  • वरामद सामानको विवरण :
  • १ केजिको ५ वटा सुनको टुक्रा
  • अपो मोवाईल थान १

सजायको व्यवस्था :

  • भन्सार ऐन २०६४ को दफा ५७ (१)(ङ) अनुसार १ करोड रुँपैया भन्दा वढी ५ करोड रुँपैयासम्मको विगोमा १ वर्षदेखी ३ वर्षसम्म कैद हुने वयवस्था रहेकोले आवश्यक कानूनि कारवाहीको लागी राजस्व अनुसन्धान विभाग पठाईने ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.