दिवेश लोहनी, विकासराज खनाल र प्रजित केसीको कारबाही फुकुवा

दिवेश लोहनी, विकासराज खनाल र प्रजित केसीको कारबाही फुकुवा

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेर छुटेका नेपाल प्रहरीका ३ अधिकृतको कारबाही फुकुवा भएको छ । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसीको फुकुवा भएको हो।

उनीहरुलाई उच्च अदालत बिराटनगरले साधरण तारेखमा छाड्न आदेश दिएको थियो ।

गृह सचिव प्रेमकुमार राईले मंगलबार निलम्बन फुकुवा गरेसँगै उनीहरू काममा फर्कने भएका छन् । जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान र संगठीत अपराधमा मुद्दा चलेपछि उनीहरु पुर्पक्षका लागि थुनामा पुगेका थिए। तर, उक्त आदेश विरुद्ध उनीहरुले उच्च अदालत मोरङमा अभियोग अस्वीकार गर्दै सफाइको माग सहित निवेदन दिएपछी अदालतले साधरण तारेखमा छाड्न आदेश दिएको थियो ।

सुन तस्करी र सनम शाक्य हत्याको छानविन गर्न सहसचिव इश्वरराज पौडेल नेतृत्वको समितिको सिफारिसमा गृह मन्त्रालयले तिनैजना प्रहरी अधिकृतलाई निलम्वन गरेको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.