१९ करोड २५ लाख हिनामिना,पप्पुका मालिक सांसद रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा

१९ करोड २५ लाख हिनामिना,पप्पुका मालिक सांसद रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने व्यहोराको उजुरीमाथि अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

 

रौनियार यो मुद्दामा पक्राउ परे भने उनको सांसद पद स्थगित हुने छ। फौजदारी अभियोग लागेर पक्राउ परेका सांसदको पद स्थगित हुने कानुनी व्यवस्था छ।

 

रौनियारले १९ करोड २५ लाख हिनामिना गरेको अख्तियारको दाबी छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.