सिक्री लुटपाट गर्ने पक्राउ

सिक्री लुटपाट गर्ने पक्राउ

सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट ओमबहाल जाँदै गरेको भक्तपुर ठिमी नगरपालिका-४ बस्ने २३ वर्षीय संजय मानन्धरले घाँटीमा लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्री सहित शेर्पालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.