सर्लाहीमा झडप,कांग्रेस कार्यकर्ताको गोली लागेर मृत्यु

सर्लाहीमा झडप,कांग्रेस कार्यकर्ताको गोली लागेर मृत्यु

सर्लाहीको  रामनगरमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा चलेको गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षिय रामविलास महतोको ज्यान गएको छ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.