अन्नपूर्ण सुगर मिल्सका मालिक अग्रवाल पक्राउ

अन्नपूर्ण सुगर मिल्सका मालिक अग्रवाल पक्राउ

अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखुको किसानको ४६ करोड भन्दा बढी रकम नतिरेको अभियोगमा उनी पक्राउ परेक हुन् ।

गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रालीले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.