कतार र नेपाल प्रहरीबीच सुरक्षा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

कतार र नेपाल प्रहरीबीच सुरक्षा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

कतारको आन्तरिक मन्त्रालय र नेपाल प्रहरीबीच सुरक्षा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा कतारका सार्वजनिक सुरक्षा मामिलाका महानिर्देशक ( डिजी) मेजर जनरल साद बिन जसिम अल खुलीफी र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गत बुधवार हस्ताक्षर गरेका हुन।

समझदारी पत्रले अपराध नियन्त्रण, क्षमता बृदि र सुरक्षा तालिमका लागि सहयोग पुग्ने विश्वाश लिइएको प्रहरीले जनाएको छ। सुरक्षा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न खनाल ३ दिन अघि कतार गएका थिए। उनी अाज स्वदेश फर्किएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.