बर्दियामा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु

बर्दियामा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु

बर्दियामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या भएको स्थानीयले बताएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो गोली लागेको पुष्टि नभएको जनाएको छ । परिवारका सदस्यको भनाइअनुसार ३५ वर्षीय खटिकलाई आइतबार बिहान घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पनि लुटेर लगिएको छ । खटिकको नेपालगञ्ज नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.