‘प्रहरीमा नराम्रो गर्नेलाई छुट छैन्’

‘प्रहरीमा नराम्रो गर्नेलाई छुट छैन्’

प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले संगठनमा नराम्रो काम गर्ने छुट नभएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित भवनको सोमबार विहान उद्घाटन गर्दे खनालले यस्तो बताएका हुन् । आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप प्रहरी कर्मचारीहरुले काम गर्नुपर्नेमा उनले जोड दिए।

नराम्रो काम गर्ने प्रहरीलाई संगठनबाट विदाइ गर्ने काम पनि आफ्नो कार्यकालबाट सुरु भएको उनले बताए। खनालले समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन् ।

नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको २२ कोठाको उक्त कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.