निर्मला पन्त प्रकरण : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन पेश

निर्मला पन्त प्रकरण : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन पेश

कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ ३१ गते उक्त समिति गठन गरिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.