https://www.facebook.com/Crimenewsnep/videos/398887687516368/

‘निर्मलाको हत्यारा समाउन किन ढिला ‘ यसो भन्छन आइजिपी ( भिडियो)

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा समाउन समय लागेको बारे प्रष्ट पारेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइजिपी खनालले पन्तको हत्यारा समाउन समय लाग्नुको कारण यसअघि हत्यारा समाउने नाममा गलत अभ्यास भएको भन्दै त्यो दोहोरिन नदिन समय लागेको बताए।

खनालले निर्मला पन्त प्रकरण टुंगोमा पुर्‍याउन प्रहरीले इमान्दार प्रयास गरिरहेको बताए। खनालले भने, ‘अहिले प्रहरी संगठनले भन्ने यत्ति मात्र हो, परिणाममुखी नतिजा निकाल्न लागिरहेका छौं।’

जटिल घटनाका अनुसन्धानमा पत्रकारलाई के भन्न हुन्छ, के भन्न हुन्न, भन्न हुन्न भने के कारणले हुन्न सबै अपराध क्षेत्रमा कलम चलाउने पत्रकारलाई जानकारी रहेको खनालले बताए।

‘अपराधी समाउन समय लागेकै हो,’ खनालले भने, ‘चाँडो गर्ने नाममा फेरि गलत अभ्यास नहोस् भनेर समय लागेको हो।’

निर्मला हत्यावारे के भन्छन आईजीपी

Posted by CrimeNews Nepal on Monday, 24 December 2018

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.