आईजीपिले प्रष्ट पारे सवा २ करोडको गाडीवारे

Posted by Crimenews Nepal on Monday, December 24, 2018

सवा २ करोडकाे गाडी मैले घर लैजाने होइन – सर्वेन्द्र खनाल (भिडियो)

नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले व्यक्तिगत कुरा सञ्चारमाध्यममा ल्याएर आफुलाई विवादित बनाउन खोजेको बताएका छन् ।

संगठनले आइजिपी चढ्नका लागि सवा २ करोडमा गाडी किनेको विषयलाई लिएर खनालले भने, ‘अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि गाडी किनेका हौं, मेरो गाडी चढ्ने शौख होइन।’

सवा २ करोडको गाडी घर जाने बेलामा लैजाने नभएको भन्दै खनालले थपे, ‘१२ वर्षसम्म आइजिपीले चढ्दै आएको गाडी बिग्रिएपछि नयाँ किनेका हौं।’

आफू चढ्ने गाडी बिग्रिएपछि प्रदेश नम्बर ५ बाट गाडी ल्याएर समेत चढेको खनालले बताए।

‘मैले गाडीको दुरुपयोग गरेको छैन,’ खनालले भने।

आईजीपिले प्रष्ट पारे सवा २ करोडको गाडीवारे

Posted by CrimeNews Nepal on Monday, 24 December 2018

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.