नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै रवि ओडलाई मातृशोक, करेन्ट लागेर आमाको निधन

नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै रवि ओडलाई मातृशोक, करेन्ट लागेर आमाको निधन

केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडलाई मातृशोक परेको छ । रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।  आज (बुधबार) बिहान  पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनकी आमा ४५ वर्षीया विष्णा ओडको निधन भएको  हाे ।

करेन्ट लागेकी विष्णालाई  सेती अञ्चल अस्पतालले बाटोमै ल्याउदा  निधन भइसकेको  पुष्टि गरेका थियो  ।

रवि कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन समारोहमा उपस्थित  व्यवस्तताका कारण घर जान पाएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्म दिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.