नक्कली सुन दिई  ४० लाख ठगी  गर्ने संगठित समूह पक्राउ

नक्कली सुन दिई  ४० लाख ठगी  गर्ने संगठित समूह पक्राउ

नक्कली सुन दिई  ४० लाख ठगी  गर्ने संगठित समूह पक्राउ परेको छ। सिआइबीको टोलीले १० जनालाई पक्राउ गरेको हो।

सिआइबीले निकालेको प्रेस रिलिज जस्ताको त्यस्तै –

घटना विवरण:

नक्कली सुन देखाई प्रलोभनमा पारी सस्तो मुल्यमा सुन दिलाई दिन्छु भनि नगद रु. ४० लाख लिई एक किलोग्राम बराबरको नक्कली सुन दिई रकम ठगी गरेको भन्ने सुचना मिति २०७५/०७/१६ गते प्राप्त भएकोमा ठगी गर्ने शंकित व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुमा खोजतलास गर्दै जाने क्रममा बिभिन्न मिति र स्थानबाट तपशिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी ठगी, संगठित अपराध, मोटरसाइकल चोरी तथा सरकारी छाप दस्तखत कीर्ते अपराधमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, बबरमहल, काठमाडौं पेश गरिएको र जिल्ला अदालतमा निजहरुको वयान कार्य जारी रहेको ।

तपशिल:-

पक्राउ भएका व्यक्तिहरुको विवरण:

१)  नामथर:- पवन बि.क

उमेर २५ बर्ष

ठेगाना:- जिल्ला सुनसरी, धरान.उ.न.पा वडा नं. १७

हाल:- का.जि.टोखा न.पा धापासी च्यासीडोल बस्ने ।

भुमिका:- सुन खरिद गर्ने व्यक्तिलाई मनिष ढुंङ्गानालाई चिनाएको ।

पक्राउ मिति र स्थान: २०७५/०७/१७ गते, का.जि. चक्रपथ ।

२)  नामथर:- मनिष ढुंङगाना

उमेर:-३५ बर्ष

ठेगाना:- जिल्ला धनुषा,जनकपुर न.पा वडा नं. ९

हाल का.जि. पेप्सीकोला वडा नं. ३५ बस्ने ।

भुमिका: मनिष ढुङ्गानाले पवन बि.क.मार्फत आएको सुन किन्ने व्यक्ति विवेक दनुवारलाई चिनाएको ।

पक्राउ मिति र स्थान : २०७५/०७/१७ गते, का.जि.पेप्सीकोला

वरामद मुख्य प्रमाण : निजको मोवाईलबाट पैसा तयार भएको एकिनका लागि खिची पठाएको फोटो

३)  नामथर:- बिवेक दनुवार

उमेर:- २५ बर्ष

ठेगाना:- जिल्ला सर्लाही, हरिवन वडा नं. ९

हाल:- का.जि. कामनपा काडाँघारी बस्ने ।

भुमिका:-नक्कली सुन बिक्री गर्ने व्यक्तिलाई रोहित भन्ने पुर्ण बहादुर पुलामीलाई समेत संगिता राईलाई चिनाएको ।

पक्राउ मिति र स्थान: २०७५/०७/१७ गते,का.जि.पेप्सीकोला ।

वरामद मुख्य प्रमाण : मनिष ढुंङगानाले पैसा तयार रहेको भनि पैसा सहित खिची पठाएको फोटो

४)  नामथर:-रोहित मगर भन्ने पुर्ण बहादुर पुलामी

उमेर:-२६ बर्ष

वतन:- जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं.११

हाल: का.जि.का.म.न.पा.म्हैपी ।

भुमिका:- पुर्ण बहादुर पुलामीले सुन किन्ने व्यक्तिलाई संगिता राईसँग भेटाई रकम लिएको ।

पक्राउ मिति र स्थान:- २०७५/०७/१८ गते, का.जि.चावहिल

वरामद मुख्य प्रमाण: ठगिएको मध्ये १५ लाख रकम बरामद तथा घटनामा प्रयोग भएको बा ६४ प ९३७५ नं.को २२० सि.सि.को पल्सर मो.सा.

५)  नामथर:- सलिना शेर्पा भन्ने संगिता राई

उमेर : २५ बर्ष

वतन:- जिल्ला धनकुटा, राजारानी गा.पा. वडा नं. ६

हाल: का.जि.का.म.न.पा बौद्ध  ।

भुमिका:- संगिता राईले नक्कली सुन लिई खरिद गर्ने व्यक्तिलाई दिने काम गरेको ।

पक्राउ मिति र स्थान:- २०७५/०७/१९ गते, बेसीगाँउ, बौद्ध ।

वरामद: ठगिएको मध्ये ७ लाख रकम बरामद

६)  नामथर:- सन्तोष कुमार लामा

उमेर : २९ बर्ष

वतन:- जिल्ला पर्सा बिरूवागुठी वडा नं. १

हाल: का.जि.का.म.न.पा बौद्ध बेसीगाँऊ ।

भुमिका:- सन्तोष कुमार लामाले संगिता राईलाई सो कार्य गर्ने स्थानसम्म लाने लैजाने गरेको ।

पक्राउ मिति र स्थान:- २०७५/०७/१९ गते, बौद्ध बेसीगाँउ ।

वरामद मुख्य प्रमाण: घटनामा प्रयोग भएको बा ७२ प ७५६३ नं. को स्कुटर,

७)  नामथर:- समिर लामा भन्ने सरोज कुमार घिसिङ

उमेर:-३२ बर्ष

वतन:- जिल्ला रौतहट, रङ्गपुर गा.पा.वडा नं. ७, नयाँबस्तीकटानी,

हाल: का.जि.तारकेश्वर न.पा.वडा नं.६, जोरङ्गु बसन्तकोलोनी, भुमिका:- नक्कली सुनको बन्दोबस्त गर्ने तथा बिक्री गर्न प्रपन्च रची प्राप्त रकम बाँडफाँड गरी लिने खाने र चोरीका मो.सा.को व्यवस्था गर्ने, गुण्डागर्दीमा संलग्न

पक्राउ मिति र स्थान:- २०७५/०८/११ गते, का.जि.तारकेश्वर न.पा.वडा नं.६, जोरङ्गु बसन्तकोलोनी

वरामद: ठगिएको मध्ये ५० हजार रकम बरामद तथा वास्तविक नम्बर बा ८५ प ५९८ हाल लु ३५ प ८२९०  लाई बा ८६ प ८०३३ नं. बनाएको २०० सि.सि.को KTM DUKE चोरीको मो.सा.

८)  नामथर:- मनोज लामा

उमेर:- २६ बर्ष

वतन:- जिल्ला काभ्रे, रोसि गा.पा.वडा नं. ९ मंगलटार

हाल: का.जि.गोकर्णेश्वर न.पा. वडा नं.४ माकलबारी, भुमिका:- नक्कली सुनको बिक्री गर्न प्रपन्च गर्ने, प्राप्त रकम बाँडफाँड गरी लिने खाने र चोरीका मो.सा. को व्यवस्था गर्ने,

पक्राउ मिति र स्थान:- २०७५/०८/११ गते, का.जि.तारकेश्वर न.पा.वडा नं.६, जोरङ्गु बसन्तकोलोनी

वरामद: घटनामा प्रयोग भएको बा ७८ प ८९७६ नं. को २२० सि.सि.को चोरीको पल्सर मो.सा (वास्तविक नम्बर बा ७५ प ५४७०)

९)  नामथर:- सुरेश राई

उमेर:- २८ बर्ष

वतन:- जिल्ला बारा निजगढ न.पा.वडा नं. १ सिंगौल नमुनाबस्ती

हाल: का.जि.गोकर्णेश्वर न.पा. वडा नं.४ माकलबारी,

भुमिका:- नक्कली सुनको बिक्री पश्चात १५ हजार लिएको तथा निजले घटनामा प्रयोग हुने मो.सा. को व्यवस्था गरेको

पक्राउ मिति र स्थान:- मिति २०७५।०८।१३ गते, जिल्ला बारा

वरामद: घटनामा प्रयोग भएको बा ७९ प १६७५ नं. भएको २२० सि.सि.को चोरीको पल्सर मो.सा. (वास्तविक नम्बर बा ७७ प २९३१)

१०)             नामथर:- सागर राई

उमेर:- २८ बर्ष

वतन:- जिल्ला बारा, निजगढ न.पा.वडा नं.२, सिंगौल

हाल: का.जि.गोकर्णेश्वर न.पा. वडा नं.४ माकलबारी,

भुमिका:- बा ८६ प ८०३३ नं. भएको २०० सि.सि.को KTM DUKE (वास्तविक नम्बर बा ८५ प ५९८ हाल लु ३५ प ८२९०) को चोरीको मो.सा. बिक्री गरेको र उक्त मो.सा. घटना पछि प्रतिवादीहरुले प्रयोग गरेको,

पक्राउ मिति र स्थान:- २०७५/०९/०३ गते, बारा

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.