कुमार श्रेष्ठ ‘घैंटे’

कुमार श्रेष्ठ ‘घैंटे’

२०७२ साल भदाै‌ ३ गते गुन्डा नाइके भनेर चिनिदै आएका कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी कारबाहीमा मारिए । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीको कारबाहीमा गोली लागेर घाइते भएका घैटेको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

काठमाडौंको सामाखुशीमा प्रहरीसँगको गोली हानाहानमा उनी घाइते भएका थिए । हतियार  सहितको समुह रहेकोे सूचना पाएपछि सामाखुशी पुगेको प्रहरी टोलीमाथि घैटेको समुहले गोली हानेपछि जवाफी फायरिङ गरिएको  थियो।

गोली हानाहानमा  घाइते भएका घैंटेका दुई जना सहयोगीको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घैटेको समुह काठमाडौंमा हप्ता असुली लगायत विभिन्न आपराधिक घटनामा संलग्न रहेकाले प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।

अस्पतालमा घैंटेका समर्थक र कांग्रेसका केही समर्थक भेला भएर प्रहरीका कारबाहीको विरोध गरेका थिए। अस्पतालमा पुगेका कांग्रेस नेता तथा नुवाकोटका सभासद जगदिश्वर नरसिंह केसीले प्रहरीले षडयन्त्रपूर्वक घैंटेको हत्या गरेको भन्दै प्रहरी नै  मानवअधिकारको उल्लंघनमा लागेको आरोप लगाएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.