चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ

प्रहरीले धादिङबाट चोरीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरेकाे छ ।

जिल्लाकाे बेनिघाट रोराङ गाउँपालिका-७ चरौदीस्थित कृषि सहकारी संस्था लिमिटेडबाट गत मंसिर ६ गते भएको चोरीको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका बस्ने चितवन राप्ती नगरपालिका-३ लोथर घर भएका निरज चेपाङलाई मंगलबार प्रहरीले पक्राउ
गरेको हाे ।

उक्त सहकारी संस्थाबाट नगद ८९ हजार ७ सय ५ रुपैयाँ चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले चेपाङलाई बेनिघाट रोराङ गाउँपालिका-५ बेनिघाटबाट नगद ३६ हजार ७ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै चेपाङले बेनिघाट रोराङ गाउँपालिका-५ स्थित देव विकास बैंकको ढोकाको ताल्चा फुटाई चोरीको प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.