प्रहरीद्वारा चोरीका ४ मोटरसाइकल बरामद
दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद गरेकाे छ । जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्न थालेका छन् । “भारतीय सीमावर्ती बजार नजिकै भएकाले यहाँ चोरीका मोटरसाइकल बढी गुड्ने गरेका हुन्”, थापाले भने, “दुर्घटनामा चोरीका मोटरसाइकल प्रयोग भएको अनुसन्धानमा पाइएपछि त्यस्ता सवारीसाधन नियन्त्रणको रणनीति लिएका हौँ ।” गण्डकी प्रदेशमै सबैभन्दा बढी दुर्घटना हुने जिल्ला नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले शुरु गरेको अभियानका क्रममा चार वटा चोरीको मोटरसाइकल बरामद गरिएको थापाले बताए ।
“हामीले जिल्लाको भित्री सडकमा सवारीसाधन जाँचलाई कडाइ गर्न थालेका छौँ”, थापाले भने, “हाम्रो जाँचका क्रममा एकै दिन चार वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भयौँ ।” ट्राफिक प्रहरीले सवारीसाधन जाँच गरेको थाहा पाएपछि चालकले मोटरसाइकल छोडेर भाग्ने गरेको थापाले बताए । नवलपुर ट्राफिक प्रहरीले बा ९८ प ८५४३ नम्बरको एनएस २०० पल्सर, अन टेस्ट लेखिएको केटिएम डुक, से ७ प ८२५७ नम्बरको २०० सिसीको कालो पल्सर र लु ४२ प ९७७० नम्बरको एनएस २०० पल्सर एकै दिनमा बरामद गर्न सफल भएको थापाले बताए ।
त्यस्तै, सवारीसाधन जाँचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, सवारी चालक अनुमतिपत्र विना र हेल्मेट नलगाई मोटरसाइकल चलाउने व्यक्तिहरु धेरै भेटिएको थापाले बताए । हेल्मेट र सवारीसाधन अनुमतिपत्र नभएका व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना गरेपछि उनीहरुको अभिभावकलाई सवारीसाधन बुझाउने गरेको थापाले जानकारी दिए । करिब ७० किलोमिटर राजमार्ग भएको नवलपुरमा गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने गरेको छ ।रासस
अरु समाचार
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...
सुनका गरगहना चोरी
मोरङ बेलबारी नगरपालिका-१ सिनेमा हल लाईनस्थित रमेश कुमार सुनारको महा...