महोत्तरीको रामनगर जंगलबाट लाखौँको लुटपाट
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटिएको छ ।
आज बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ ।
बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो ।
जिल्लाको औरही, गौशालालगायतका बजारबाट पैसा संकलन गरी ज१च ८९९ नंको बोलेरोमार्फत साँझको समयमा बर्दिवासतर्फ जाँदै गरेको अवस्थामा बीच जंगलमा पुगेपछि सो लुटपाट भएको सशस्त्र प्रहरी बेसक्याम्प रामनगरले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारीअनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीसँग मोटरसाइकलमा आएका केही अपरिचित समूहले गाडी रोकी लुटपाट गरेको हो ।
यता घटनाको सम्बन्धमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।
–––
अरु समाचार
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...
सुनका गरगहना चोरी
मोरङ बेलबारी नगरपालिका-१ सिनेमा हल लाईनस्थित रमेश कुमार सुनारको महा...