आफ्नै पसलमा चोरीको नाटक गरी बीमा दाबी गर्न खाेज्ने पक्राउ

आफ्नै पसलमा चोरीको नाटक गरी बीमा दाबी गर्न खाेज्ने पक्राउ

मकवानपुरमा आफ्नै पसलमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा रहेको घिमिरे ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक सेन्टरमा चोरी गर्ने सोही पसलका सञ्चालक उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण तिर्ने भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ८ जेठमा घिमिरेको पसलमा ३२ लाख ९३ हजार रुपैयाँ बराबरको मालसामान चोरी भएको भन्दै निवेदन परेको थियो ।

तर, अनुसन्धानका क्रममा सञ्चालक आफै संलग्न रहेको फेला पारेको हो ।

घिमिरेले प्रहरीलाई १७ लाख ३० हजार १ सय ७२ रुपैयाको ३१ बोरा वाईरिङको तार, एलइडी बल्ब, एलईडी बत्ती, पंखासहित केही नगद समेत गरी करिब ३२ लाखकाे धनमान चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

अनुसन्धान टोलीले चोरी भएको भनिएको ३१ बोरा वाईरिङको तार ८ गतै नै काठमाडौंको पाटीबाट डेलीभरी लिएको भनिएकोमा उक्त सामानको डेलिभरि नै नलिएको, पसलमा नगद नै नरहेको, पसलबाट चोरी भएको भनिएको अन्य इलेक्ट्रोनिक सामान उनले नै हेटौंडा उपमहानगरपालिका ४ पारिजात पथमा देवेन्द्र सापकोटाको घरमा कोठा लिई निजले लुकाइराखेको अवस्थामा फेला पारेकाे थियाे ।

अनुसन्धानका क्रममा घिमिरेले चोरी हुनु केही दिनअघि मात्र सिद्धार्थ इन्स्यूरेन्स लिमिटेडमा पसलको विमा गरिएको खुलेको थियो । जुन दाबी गर्नसमेत घिमिरेले चोरीको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.