रुपन्देहीमा गोली हानेर लुटियो साढे ४ लाख

रुपन्देहीमा गोली हानेर लुटियो साढे ४ लाख

रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी ४ लाख ६३ हजार रुपैयाँ लुटेर लगेको छ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

कृषि विकास बैंकको शाखा कार्यालयबाट रकम झिकेर सु १ ह ३३७ नम्बरको टेम्पो चढेर आउँदै गरेकी मल्ललाइ गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरी रकम लुटेर भागेको प्रहरीले जनाएको छ ।

मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायरमा लागेको र कुनै मानवीय क्षति भने नभएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.