प्रसूति वार्डबाटै १३ दिनकाे नवजात शिशु चोरी ,दुई महिला पक्राउ

प्रसूति वार्डबाटै १३ दिनकाे नवजात शिशु चोरी ,दुई महिला पक्राउ

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मध्यरातमा प्रसूति वार्डबाटै १३ दिनकाे नवजात शिशु चोरी भएको छ ।

प्रहरी र चिकित्सकको सक्रियताले चोरी भएको केही समयपछि नै बबिता मेहताको १३ दिने शिशु धरान १५ स्थित वगरकोटबाट फेला परेको थियो ।

बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुईजना महिलाले १३ दिनको नवजात शिशुको चाेरी गरेका थिए। चाेरी भएको थाहा पाउन साथ प्रहरीमा खबर गरेपछि शिशुको उद्धार गरिएको थियो ।  भने चाेरीमा संलग्न दुई महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) रहेका छन् ।

लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.