व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीन जना कारागार चलान

व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीन जना कारागार चलान

विराटनगरका व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकारलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले ‘सार्पसुटर’ भारत सीतामढीका १९ वर्षीय कुनालकुमार सिंह, विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता र सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई थुनामा राख्न आदेश दिएको हाे ।

अदालतले आदेश दिएसँगै तीनै जनालाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार चलान गरिएको छ ।

व्यापारी हत्या योजना प्रकरणमा मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर गत शुक्रबार अदालतमा पाँच जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार

व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीन पक्राउ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.