बागलुङ जीप दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो, बेपत्ता भनिएका मृत भेटिए

बागलुङ जीप दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो, बेपत्ता भनिएका मृत भेटिए

बागलुङको बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बागलुङको बडीगाड गाउँपालिका-७ तुरतुरेताल अगाडि दुर्घटना हुँदा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की बुधबार मृत अवस्थामा भेटिएका हुन्।

कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजनालाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

दुर्घटनामा एक बालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।

याे पनि पढ्नुहाेस् 

बागलुङ जीप दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत (नामसहित)

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.