कोहलपुर तनावग्रस्त : डीएसपीसहित ९ प्रहरी घाइते,कर्फ्यू लगाउने तयारी

कोहलपुर तनावग्रस्त : डीएसपीसहित ९ प्रहरी घाइते,कर्फ्यू लगाउने तयारी

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।

आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट स्कुले बालिका गम्भिर घाइते भएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।

आइतबार बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द गम्भिर घाइते भएकि छन् ।

ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको छ।  दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।

प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । उनिहरुकाे कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते भएपछि कोहलपुर तनावग्रस्त

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.