सिन्धुपाल्चोकको बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित
सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ ।
बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।
आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खडकाको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रहरी अधिकृत तथा अमिन सम्मिलित सात सदस्यीय छानविन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदन आएपछि मात्र उचित निर्णय लिई अघि बढने प्रजिअ चेम्जोङले बताउनुभयो ।
राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर दाँयाबाँया वनाइएका घरटहरा भत्काउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी भत्काइएको थियो ।
घरटहरा भत्काएको विरोधमा झडप भएपछि स्थितिलाई शान्त गराउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाउने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।
याे पनि पढ्नुहाेस्
सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी, पाँचजना भन्दा बढी भेला हुन नपाइने
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...