‘बल्ने ढुंगा’ किन्न जाँदा पूर्वसैनिकको लुटियो पचास लाख

‘बल्ने ढुंगा’ किन्न जाँदा पूर्वसैनिकको लुटियो पचास लाख

जग्गा व्यवसायीमा संलग्न एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन् ।

‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङलाई काभ्रेस्थलीकाे जंगलमा पैसा लिएर बोलाएका थिए।

पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले आँखामा खुर्सानीको धुलो छर्केर लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

लुटिएपछि गुरूङले प्रहरीलाई खबर गरेका थिए। घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ ।

महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ परेको पुष्टि गरे पनि विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.