खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौंको बालाजुमा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ जिल्ला पुरन्धारा गाउँपालीका वडा नं ९ खेप्ताङका ३८ वर्षिय बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेस्वर कटजुनका ३० वर्षिय नकुर तामाङ, रसुवा आमाछोदिङमो गोलजुङका ३८ वर्षिय दावा छिरिङ तामाङ, रामेछाप मन्थली पुरानागाउँका ३६ वर्षिय कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया खड्कुका ३६ वर्षिय तेन्जिङबहादुर तामाङ र रसुवा उत्त्रगया खड्कुका २८ वर्षिय संजित वाइवा रहेका छन् ।

उनिहरुले काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई आफूसँग बल्ने ढुंगा रहेको भनेर काभ्रेस्थलीमा लगेर खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख लुटेर फरार भएका थिए ।

लुटिएपछि गुरूङले प्रहरीलाई खबर गरेका थिए। घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियाे।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी  सार्वजनिक गरेको हाे ।

उनीहरूले गुरुङबाट लुटेकाे रकमले ३ लाख ३० हजार बराबरकाे बाइक किनेकाे, ऋण तिरेकाे, गहना बनाएकाे, एक जनाकाे बै‌ंक खातामा २ लाख ११ हजार जम्मा गरेका प्रमाण फेला पारेकाे प्रहरीले जनाएकाे छ ।

साथै प्रहरीलेउनीहरूकाे साथबाट १८ लाख ५० हजार ५ सय नगदसमेत जफत गरेकाे जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.