प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको बम विष्फोटका मुख्य योजनाकार पक्राउ

प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको बम विष्फोटका मुख्य योजनाकार पक्राउ

धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरिक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको बम विस्फोटकाे घटनाका मुख्य आरोपीमध्येका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रबिक्रम चन्द(विप्लव) समूहका प्रदेश २ ब्युरो सदस्य इन्दलप्रसाद साह रहेका छन् । प्रहरीले उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित राजेश साहको नवनिर्मित घरमा मंसिर २८गते विस्फोट हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको मृत्यु भएको थियो ।

साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएकोले उनलाई कार्वाहीका लागि धनुषा पठाइएको प्रहरीले जनाएकाे छ ।

बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले अहिलेसम्म आदम राईसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

बम विस्फोटमा संलग्न भएकाे अभियोगमा तीन जना पक्राउ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.