
‘प्रहरी हुँ’ भन्दै एम्बुलेन्स र बोलेरो चालक लुटपाट गर्ने तीन जना पक्राउ
‘प्रहरी हुँ‘ भन्दै एम्बुलेन्स र बोलेरो चालकलाई लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा चन्द्रगिरि नगरपालिका-४ का २४ वर्षीय सरोज कामी (विसी), ३१ वर्षीय राम भगत शाही र २७ वर्षीय शिव शाही रहेका छन् । लुटपाट भएको थाहा पाएसँगै प्रहरीले लुटपाटमा संलग्न तीन जनालाई दुई मोटरसाइकलसहित पक्राउ गरेको हाे ।
बुधबार बिहान सवा १२ बजे चन्द्रगिरि नगरपालिका-४ मा काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको प्र.३–०१–२३ च–११०९ नम्बरको एम्बुलेन्स चालकलाई उनीहरूले लुटपाट गरेका थिए।
गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा समेत उनीहरूले तरकारी ढुवानी गर्ने बा४ ख ९९० र ग१च ७६३३ नम्बरको बोलेरोका चालकहरूलाई समेत लुटपाट गरेका थिए।
साथै, उनीहरूकाे साथबाट ३३ हजार ८ सय ९५ नगद समेत बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। उनीहरूले आफूहरू सादा पोशाकका प्रहरी भनी कुटपिट तथा लुटपाट गरेको खुलेको छ।
पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध ऐन २०७४ को तपसिलमा उल्लेखित दशीसहित फेला पारी चोरी तथा डाँकासम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...