
लकडाउनमा नक्कली प्रेस कार्ड भिरेर चाेरी गर्ने दुई पक्राउ
प्रहरीले लकडाउनको मौका छोपेर नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बारा स्थायी घर भई ओमबहाल बस्ने अनिल आलम मिया रहेका छन् । उनिहरुलाई महानगरीय अपराध अनुसन्धान र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले बैशाख ६ गते चोरीका सामाग्रीसहित पक्राउ गरेको हाे ।
उनीहरुले सिनामंगलस्थित एक होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत २४ गते चाबहिल भत्केको पुलस्थित सुविन मानन्धरको घरबाट ल्यापटप र आइप्याड चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुकाे साथबाट ५३ हजार नेपाली रुपैयाँ, ३०० डलर, २ सय चाइनिज युयान र धारिलो हतियार पनि बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले भेटेपछि सोधपुछका क्रममा पत्रकार भएको भन्दै एक टेलिभिजनको परिचय पत्र देखाएर भाग्न खोजेका थिए । सो परिचयपत्र नक्कली भएकाे पनि प्रहरीले जनाएकाे छ ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...