ब्यापारीको नाै लाख यसरी लुटियो
महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ ।
सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट रकम लिएर घरतर्फ आउँदै गर्दा महोत्तरी र धनुषाको साँधमा पर्ने बिग्हीपुलमा हतियारधारी चार जनाको समूहबाट लुटिएका हुन् ।
मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईवटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको नौ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ । लुटेराहरुले बाटो छेकेर पेस्तोल देखाउँदै रकम लगेका साहले बताउनुभयो ।
घटनालगत्तै सीतापुर प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाबाट सुरक्षाकर्मी घटनास्थल पुगे पनि लुटेरा भागेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनास्थल वरिपरि र अन्य शङ्कास्पद ठाउँमा लुटेराको खोजीमा प्रहरी परिचालित गरिएको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घटना आज दिउँसो करीब ३ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
अरु समाचार
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...
सुनका गरगहना चोरी
मोरङ बेलबारी नगरपालिका-१ सिनेमा हल लाईनस्थित रमेश कुमार सुनारको महा...