परिवारका सदस्यहरुमाथि आक्रमण गरी लाखौं लुटपाट

परिवारका सदस्यहरुमाथि आक्रमण गरी लाखौं लुटपाट

जनकपुरमा मंगलबार राति लुटेराहरुकाे समुहले घरका सदस्यहरुलाइ घाइते बनाइ लाखौं लुटपाट गरेका छन् ।

जनकपुर उपमहानागरपालिका १३ पीडारी बस्ने शोभित राउतको घरमा राति झण्डै १ बजे ९–१० जनाको समूहमा आएका लुटेराहरुले परिवारका सदस्यहरुमाथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र सुनको गरगहना गरी ६ लाखभन्दा बढीको लुटपाट गरेको पीडित राउतले प्रहरीलाइ बताउनु भयो ।

लुटेराहरुले धारिलो हतियार  प्रहार गर्दा शोभित राउत, उहाँकी श्रीमती  र घरमा डेरा गरी बस्ने रमिता साह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । घाइतेहरुको  जनकपुरको रामजानकी हस्पिटल प्रालिमा उपचार भइरहेको छ ।

घटनापछि प्रहरीले तीनजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । घटनास्थल जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालयभन्दा डेढ किलो मिटर पश्चिम दूरीमा रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.