सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ । उहाँले घाँटीमा लगाएको करीब रु पाँच लाख पर्ने झण्डै १० तोलाको सुनको सिक्री आज लुटपाट भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गलाबाट सिक्री लुटेर फरार भएको शेर्पाको भनाइ उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । फरार दुवै जनाको प्रहरीले खोजी गर्नाका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भरहेको जनाइएको छ ।

यसैबीच हावाहुरीका कारण काठमाडौँ महानगरपालिका ५ हात्तीवनस्थित हिमालयन हाइट रिसोर्टमा रूख ढल्दा उक्त रिसोर्टको दुई कोठामा करीब रु १५ लाख बराबरको क्षति भएको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.