खुकुरी देखाएर साढे ३ लाख लुटियो

खुकुरी देखाएर साढे ३ लाख लुटियो

काठमाडौंको बौद्दबाट एक युवकको तीन जनाकाे समहुमा आएका लुटेराले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

बौद्दस्थित पाथीभरा मनी ट्रान्सफर एवं मनिचेन्जरबाट मंगलवार बिहान मोटरसाइकलमा आएका तीन जना लुटेराले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेर फरार भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको बताएका छन् । प्रहरीले घटनाबारे आवश्य अनुसन्धान गरी लुटेराको खोजी गरिरहेको जानकारी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.