सुनका गरगहना चोर्ने पक्राउ

सुनका गरगहना चोर्ने पक्राउ

वीरगंज महानगरपालिका-१५ भिष्वा बस्ने शैलकुमार सिंहको घरबाट सुनकाे गरगहना तथा बिभिन्न सामान  चोरी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

चोरीमा संलग्न वीरगंज महानगरपालिका-८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर सुनको झुमका एक जोर, कानमा लगाउने सुनको टप एक जोर, सुनको औंठी एक थान, घडी एक थान, मोबाईल एक थान चोरी भएको प्रहरीले जनाएकाे छ ।

गहना चोरी भएका शैलकुमार सिंहले प्रहरीमा दिएको जाहेरी अनुसार गुप्तालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.