सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

काठमाडौं महानगरपालिका-१३ ताहाचल डल्लुमार्गबाट सोही ठाउँँका ७४ वर्षीया ज्ञानु केसीको सुनको सिक्री लुटपाट भएको छ ।

हाँले घाँटीमा लगाएको करिब ४ तोलाको सुनको सिक्री आज बिहान लुटपाट भएको प्रहरीले जनाएको छ  । मोटरसाइकलमा आएका दुई व्यक्तिले गलाबाट सिक्री लुटेर फरार भएको केसीको भनाइ उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

फरार दुवै जनाको प्रहरीले खोजी गर्नाका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.