परिवारका सदस्यलाई नियन्त्रणमा लिएर लाखौं लुटपाट

परिवारका सदस्यलाई नियन्त्रणमा लिएर लाखौं लुटपाट

महोत्तरीमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख रुपैयाँ भन्दाबढीको लुटपाट गरेको छ ।

जलेश्वर नगरपालिका–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा आइतबार बिहान करीब साढे १ बजेतिर चार/पाँच जनाको समूहमा आएका चोरले पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटपाट गरेको पीडित ठाकुरले प्रहरीलाइ बताउनु भयो ।

उहाँका अनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बाङ्गो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।

चोरले ठाकुरको घरबाट सुनको दुई तोलाको हार एक थान, सुनको ६ आनाको झुम्का एक थान, सुनको चार आनाको औँठी एक थान, सुनको एक तोलाको टप एक थान, सुनको एक तोलाको मोती एक थान, सुनको दुई तोलाको हनुमानी दुई थान, सुनको दुई तोलाको बाला एक जोडा मूल्य, चाँदीको ४० तोलाको हँसुली (घाँटीमा लगाउने गहना) एक थान, चाँदीको १८ तोलाको पाउजु दुई थान, नोकिया कम्पनीको मोबाइल दुई थान र नगद रु पाँच हजार गरी जम्मा रु पाँच लाख ६९ हजार बराबरको लुटपाट गरी लगेको प्रहरीले बताएकाे छ ।

घरपरिवारका सदस्यलाई कुटपिट अथवा कुनै घाउचोट नपुर्याएकाले ती चोर चिनजानकै हुनुपर्ने प्रहरीले दाबी गर्नुका साथै चाँडै ती चोर पत्ता लाग्ने जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.