परिवारका सदस्यलाई कुटपिट गरी लाखौं लुटपाट

परिवारका सदस्यलाई कुटपिट गरी लाखौं लुटपाट

पूर्वी चितवनको राप्तीमा बुधबार बिहान चोरहरुको एक समूहले  एक परिवारका वृद्ध दम्पतीलाई कुटपिट गरी लाखाै रुपैयाँ भन्दाबढीको लुटपाट गरेको छ ।

राप्ती नगरपालिका-७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा बिहान करिब २ बजेतिर दुईजनाको समूहले चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो।सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते भएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

लुटेराले मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको छ। वृद्ध दम्पतीको साथबाट रिङ र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ।

पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.